
भीमफेदी
२०७८/०१/११
नेकपा एमाले भीमफेदीले आज चुनाबि घोषणा पत्र सार्वजनिक गरेको छ।आज नेपाल कम्यूनिष्ट पार्टी एमाले बागमती प्रदेश उप सचिव महेश बर्तौलाको प्रमुख आतिथ्य मा भएको उम्मेदवार दर्ता तथा घोषणा पत्र सार्वजनिक कार्यक्रममा हजारौं कार्यकर्ता मैदानमा उतारे र जनशक्ति प्रदर्शन गरेको थियो।
नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदको लागि उम्मेद्वारी दर्ता गरेको छ ।
एमालेबाट अध्यक्षको लागि हिदम लामा र उपाध्यक्षको लागि पार्वती रानाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षका उम्मेदवार लामाको प्रस्तावकमा महेश कुमार बर्तौला र समर्थकमा संग्राम खड्का रहेकाछन् भने उपाध्यक्ष रानाको प्रस्तावकमा सानु थापा मगर र समर्थकमा रेशम लामा रहेका छन् ।
यस्तै एमालेबाट वडा अध्यक्षमा वडा नम्बर १ मा पञ्चमाया स्याङ्तान, २ मा काशिराम बज्यु, ३ मा प्रकाश पौडेल, ४ मा सागर पाण्डे, ५ मा जाहारसिं लामा, ६ मा सीताराम थापा, ७ मा प्रमेश्वर राना मगर, ८ मा विष्णु बहादुर लामा र ९ मा प्रकाश पुडासैनीको उम्मेदवारी दर्ता गरिएको छ ।
यसअघि,२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई हराउँदै एमालेका अध्यक्ष उम्मेदवार लामा र उपाध्यक्ष राना निर्वाचित भएका थिए ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।