
प्रहरी निरीक्षक,प्रतिमा कार्की
भीमफेदीको शान्ति सुरक्षा मा कुनै कमी हुन दिन्न।
भीमफेदी
२०७९/०/०५
ईलाका प्रहरी कार्यालय भीमफेदीले आसन्न स्थानीय निर्वाचन को समय नजिकिँदै गर्दा भीमफेदी गाउँ पालीका को स्थानीय तथा जन प्रतिनिधि र संघ संस्था प्रतिनिधि बिच परिचयात्मक तथा शान्ति सुरक्षा संबन्ध मा अन्तरक्रिया कार्यक्रम गरेको छ।

हालै मात्र स्थानान्तरण भइ आएका प्रहरी निरीक्षक प्रतिमा कार्की को उपस्थित मा सो कार्यक्रम भएको हो। कार्यक्रममा आफ्नो परिचय राख्दै आफु पहिलोपटक इञ्चार्जशिप सम्हाल्दै भीमफेदी इलाका प्रहरी कार्यालय मा आएको र निर्वाचन को समय पनि नजिकिँदै गर्दा आफनो कार्यकाल मा भीमफेदीको शान्ति सुरक्षा मा कुनै कमी हुन नदिने जानकारी गरेको छ।
कार्यक्रममा नेपालि कांग्रेस का भीमफेदी गाउँ पालीका सभापति संजिव श्रेष्ठ, नेकपा एमालेका गाउँ पालीका अध्यक्ष सानु थापा, वडा नं ५ वडा अध्यक्ष जहार सिं लामा, वडा नं ६ वडा अध्यक्ष सिताराम थापा, वडा नं ७ वडा अध्यक्ष बुध्दि ब सिंजाली, सदश्य मङ्गला श्रेष्ठ, सरिता परियार,सनत घिसिङ , लगायत का हरूको उपस्थिति रहेको थियो।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।