April 16, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

गठबन्धन टुङ्गो नलगाउदै नेपाली कांग्रेस ले टुङग्यायो उम्मेदवार।

भीमफेदी

२०७८/१२/२९

राष्ट्रिय एजेण्डा कै रुपमा देशको सबै भागमा सम्मान जनक उम्मेदवार तय गर्ने भनिएको पांच दलले क्षेत्र र स्थानीय भागबन्डा नटुङ्ग्याउदै नेपाली कांग्रेस भीमफेदी इकाइको वडानं ६मा भने एकल रुपमा उम्मेदवारी चयन सम्पन्न भएको छ।

नेपाली कांग्रेस वडानं ६ वडा सचिव साजन लामाको हस्ताक्षर भएको अछापे आदिकारक पत्रमा नेपाली कांग्रेस वडानं ६ वडा अध्यक्ष मा सोम बहादुर घलान लाइ तोकिएको छ।यसै गरी वडा सदस्य खुल्ला मा ईश्वरमान श्रेष्ठ,नमराज थापा बुध्दि बहादुर वाइबा,महिला सदस्य बिष्णु कुमारी थापा र दलित महिला सदश्य मा बन्दना बसेल रहेको जनाएको छ।