
भीमफेदी
0२०७८/१२/२५
आज टाइफाइड रोग बिरुद्ध राष्ट्रिय खोप शिविर मा भीमफेदी गाउँ पालीका को १-९ वडामा खोप केन्द्र सञ्चालनमा रहेको छ। १५ महिना देखि १५ बर्ष सम्म का बालबालिका लाइ प्रदान गरिने यस खोप २५ गते बाट २८ गते सम्म सञ्चालन हुने र त्यस पछि का दिन मा पनि नियमित खोपको व्यवस्था गरेको भीमफेदी स्वास्थ्य संयोजक राम नाम थिं ले जानकारी दिएको छ।

महेन्द्र माध्यमिक विद्यालय खोप केन्द्र मा कुल सात सय बाउन्न १५ महिना माथि र १५ बर्ष मुनीका बालबालिका ले यो सेवा लिने खोप श्रोत ब्यक्ति तथा सि अ न मि जुना घिसिङले बताए।
प्रचारप्रसार को राम्रो ब्यबस्थित भएकोले पुर्ण सेवाग्राही उपस्थित हुने बिश्वास लिएको तर जनशक्तिको अभावका कारण सबै स्वास्थ्य कर्मी खोप केन्द्र तिर केन्द्रित भएकोले प्राथमिक स्वास्थ्य केन्द्र मा सेवा लिन पुगेका बिमारी भने उपचार नपाएर फर्किन बाध्य भएका थीए।
प्राथमिक स्वास्थ्य केन्द्रमा तिन जना डाक्टर,एक जना स्टाफ नर्स,तिन जना अहेव,चार जना अनमि कार्यरत छन्।एक जना ल्याब टेक्नेशियन,एक जना रेडियोलोजी असिस्टेन्ट र दुइ जना कार्यालय सहयोगी छन्।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।