March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

आसन्न स्थानीय तहको निर्वाचनमा भीमफेदीमा ४ दलले तालमेल गरेर जाने ,

भीमफेदी२०७८/१२/२१

आसन्न स्थानीय तहको निर्वाचनमा ५ दलले तालमेल गरेर जाने भनेर केन्द्रमा समझदारी भएपछि भीमफेदी  मा पनि दलहरूले  तयारी गर्न लागेका छन् । पालिकाका ९ स्थानीय तह मध्य नेकपा एमाले ६ स्थान र नेपाली कांग्रेस २ र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा २०७४ सालको निर्वाचनमा जितेका थिए । तर, आउँदो बैशाख ३० गते हुन लागेको निर्वाचनमा जिल्लामा केन्द्रको निर्णय अनुसार नै तालमेल गरेर जाने पालिका गठबन्धनमा रहेका दलहरूले बताएका छन् ।

बैठकपछि नेकपा एकीकृत समाजबादी भीमफेदी अध्यक्ष समिर श्रेष्ठ ले केन्द्रको निर्णय अनुसार मकवानपुरमा पनि गठबन्धनमा आवद्ध रहेका दलहरुको पालिका प्रमुखहरुसँग आउँदो स्थानिय निर्वाचनको विषयमा छलफल गर्न बैठक बसिएको बताए । उनका अनुसार  पालिका र वडा स्तरसम्म गठबन्धन निर्माण गरिनुका साथै सचिवालय नै बनाएर गठबन्धनलाई सशक्त बनाउने निर्णय बैठकले गरेको छ ।
आज बसेको बैठकमा नेपाली कांग्रेस संजिव श्रेष्ठ, नेकपा माओवादीका बद्री स्याङ्तान,नेकपा एकीकृत समाजबादी समिर श्रेष्ठ, जनता समाजबादी पार्टीका प्रकास मैनाली लगायत उपस्थित रहेको थियो।