
भीमफेदी२०७८/१२/२१
नेपाल सरकार स्थानीय तह गाउँ पालीका भीमफेदीले वडानं २ भैसे स्थित श्री कृष्ण माध्यमिक विद्यालय लागि ४१ सिट को टाटा बिधालय बस आज एक कार्यक्रमका बीच बिधालय प्रधान अध्यापक कृष्ण लाल श्रेष्ठ लाई चाबि हस्तान्तरण गरेको छ।

श्री कृष्ण माध्यमिक विद्यालय संग पहिले एउटा यातायात साधन रहेको तर सेवा क्षेत्र ठुलो भएकोले थप साधनको आवश्यकता भएको बताएका छन्। बिधालय मा कुल बिधार्थी संख्या ४५२ रहेको र २०० भन्दा बढी ले यातायात सुविधा लिने बताएका छन्।सांचो हस्तान्तरण गर्दै गाउँ पालीका अध्यक्ष हिदम लामाले यस बस लाइ “दुरूपयोग नि नगरौ, सदुपयोग नि नगरौ तर उपयोग गरौ” भन्ने शन्देस दिएको छ।
कुल २८०००००/- लागतको यस ४१ सिटको बस पुर्ण गाउँपालिका को बजेटमार्फत् प्रदान गरेको बताएका छन्।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,