
भीमफेदी
२०७८/१२/२१
भिमफेदी गाउँ पालीका को रु दशलाख र स्थानीय उपभोक्ता को एकलाख लगानी मा भीमफेदी वडानं ६ हात्तिसार समिपमा बृहत पार्क सहितको झ्याङ्छु छ्यौर्देन बौद्ध स्तुपा निर्माण शिलान्यास आज सम्पन्न भएको छ।
झ्याङ्छु छ्यौर्देन बौद्ध स्तुपा निर्माण शिलान्यास गाउँ पालीका अध्यक्ष हिदम लामाले गरेको हो।
तिन जना महिला तथ चार जना पुरुष रहेको निर्माण समितिको अध्यक्ष अक्कल बहादुर लामा रहेको छ। स्तुपा निर्माण स्थल भने लक्ष्य अनुरुप स्थानको अभाब भएकोले आबश्यक गृहकार्य नभएको गुनासो स्थानीय को रहेको छ।
यसै किसिमले गृहकार्य समन्वय नभइ बिगत फोहराधारा ज्योति पुस्तकालय परिसरमा लोक कबि गणेश लाल श्रेष्ठ को प्रतिमा स्थापना गर्दा असन्तुष्ट पक्षले प्रतिमा चोरी गरेका थिए।हाल सम्म पनि उक्त प्रतिमा स्थापना भएको छैन।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।