
भीमफेदी२०७८/१२/२१
आसन्न स्थानीय तहको निर्वाचनमा ५ दलले तालमेल गरेर जाने भनेर केन्द्रमा समझदारी भएपछि भीमफेदी मा पनि दलहरूले तयारी गर्न लागेका छन् । पालिकाका ९ स्थानीय तह मध्य नेकपा एमाले ६ स्थान र नेपाली कांग्रेस २ र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा २०७४ सालको निर्वाचनमा जितेका थिए । तर, आउँदो बैशाख ३० गते हुन लागेको निर्वाचनमा जिल्लामा केन्द्रको निर्णय अनुसार नै तालमेल गरेर जाने पालिका गठबन्धनमा रहेका दलहरूले बताएका छन् ।

बैठकपछि नेकपा एकीकृत समाजबादी भीमफेदी अध्यक्ष समिर श्रेष्ठ ले केन्द्रको निर्णय अनुसार मकवानपुरमा पनि गठबन्धनमा आवद्ध रहेका दलहरुको पालिका प्रमुखहरुसँग आउँदो स्थानिय निर्वाचनको विषयमा छलफल गर्न बैठक बसिएको बताए । उनका अनुसार पालिका र वडा स्तरसम्म गठबन्धन निर्माण गरिनुका साथै सचिवालय नै बनाएर गठबन्धनलाई सशक्त बनाउने निर्णय बैठकले गरेको छ ।
आज बसेको बैठकमा नेपाली कांग्रेस संजिव श्रेष्ठ, नेकपा माओवादीका बद्री स्याङ्तान,नेकपा एकीकृत समाजबादी समिर श्रेष्ठ, जनता समाजबादी पार्टीका प्रकास मैनाली लगायत उपस्थित रहेको थियो।

More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।