April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

शारीरिक अपाङ्गताको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा भीमफेदी गाँउपालिकाको सहयोगमा उपचार ।

भीमफेदी

२०७८/१२/१९

भीमफेदी गाँउपालिका भित्रका ५ जना शारीरिक रुपमा अपाङ्गता भएका बालबिलकाहरु बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रमा भीमफेदी गाँउपालिकाको सहयोगमा उपचार भैरहेको छ ।

भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत “उपचार गर्नु पर्ने पहिचान भएका पालिका भित्रका ७ जना बालबालिका अझै अस्पताल नपुगेको हुँदा अस्पताल पुर्याउने व्यवस्थाको लागि सम्बन्धित वडा र अभिभावकहरुलाई आग्रह गरेको छ” ।

शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकालाई हामी सबैको साझा प्रयासले समाजमा सबल, सक्षम नागरिकको रुपमा पुनस्थापित गर्न भीमफेदी गाउँ पालीका ले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपामा परिक्षण तथा उपचार र सहयोग सामग्री को संझौता गरेको छ।