
भीमफेदी
२०७८/१२/१९ शनिबार
मकवानपुरको भिमफेदी गाउँपालिका एमालेको पक्कड भएको स्थानीय तह हो । यसपटक पनि एमालेले अध्यक्षमा महिला उम्मेदवार बनाउने विषय चर्चामा छैन ।
तर पार्टीले उनलाई अध्यक्षको टिकट दिने सम्भावना बलियो छैन । हालका अध्यक्ष हिदम लामा नै दोहोरिने सम्भावना रहेकाले रानाको सम्भावना कम छ ।
यस पटक निर्वाचन मा भीमफेदी गाउँ पालीका मा वडानं ६ पनि चर्चा मा रहेको छ। पांच दलिय महागठबन्धनम रहेको भीमफेदीको सकृय राजनैतिक दलमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजबादी बिच तालमेल हुने प्रबल सम्भावना रहेको तथा भीमफेदी गाउँ पालीका को राजधानी केन्द्र वडानं ६ मा सबैदल आकर्षण भएको छ। पांच दलिय महागठबन्धनम को परिवेशलाई मध्य नजर गर्दा नेपाली कांग्रेस ले यो वडा हत्याउने प्रबल संभावना बोकेको छ। यसो त रा प्र पार्टी पनि यस ६ नं वडा मा बिगत निर्वाचन मा दोश्रो स्थानमा रहेको ले कुनै दल संग वा नेकपा एमाले संग गठबन्धन भएमा वडा अध्यक्ष आफनो पक्षमा दाबि गरेको छ।
नेकपा एमाले ६ नं वडा कमिटी ले भने भीमफेदी गाउँ पालीका को राजधानी केन्द्र वडानं ६ मा एमाले बाट कुनै गठबन्धन नगरिने बताएका छन्।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।