December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

स्थानीय तहको चुनाव आउन अब डेढ महिना भन्दा कम समय बाँकी ,खुले एमाले र कांग्रेसका कार्यालय।

भीमफेदी

२०७८/१२/१५

स्थानीय तहको चुनाव आउन अब डेढ महिना भन्दा कम समय बाँकी छ । देशभर एमाले, कांगेस, माओवादी, समाजवादी लगायत पार्टीले गाउँगाउँ तथा टोलटोलमा सक्रियता बढाएको छ भने विभिन्न पार्टीका प्रतिनिधिले स्थानीय निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिहेका छन् ।

मकवानपुरमा विभिन्न राजनीतिक दलका पदाधिकारी तथा सदस्यले विभिन्न पदमा उम्मेद्वारी घोषणा गरिरहेका छन् । त्यस्तै मकवानपुर भीमफेदी गाउँपालिकामा कुन पार्टीबाट क–कस्ले टिकट पाउलान् ? चर्चाको बिषय बनेको छ भने यसपटकको निर्वाचनमा कुन पार्टीले बाजी मार्ला भनेर राजनीतिका शुभेच्छुक तथा सर्वसाधारणले हारजीतको विश्लेषण गर्न थालेका छन् ।