

भीमफेदी
२०७८/१२/९
नेकपा एमाले मकवानपुरले ‘जनताको घरघरमा एमाले’ मनमनमा एमाले अभियान थालेको छ । सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि नेकपा एमाले मकवानपुरले चर्चित बुँदाहरु समेटेर जनताको घरघरमा एमाले’ मनमनमा एमाले अभियान थालेको हो ।
एमाले मकवानपुर भीमफेदी अध्यक्ष सानु थापाको अनुसार जिल्ला कमिटी प्रशिक्षण पश्चात कार्यक्रम आयोजना गरी चुनावको तयारीमा जुटिसकेको बताउनु भयो । अध्यक्ष थापाले अहिले जनतासँग भेटघाट कार्यक्रमलाई तिव्रता दिनुका साथै जनतासमक्ष पार्टीको धारणा राख्ने कार्य गरिरहेको उल्लेख गर्नुभयो ।
अन्य शक्तिहरु मिलेर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेका बेला एमाले, मकवानपुरले चुनावलाई लक्षित गरेर यस्तो अभियान शुरु गरेको हो ।
‘एमालेले राष्ट्रियता सम्बन्धी लिएको अडान, उसका नीतिका बारेमा घरघरमै गएर जनतालाई अवगत गराउने जनाएको छ । स्थानीय तहमा विगतमा जितेका ठाउँमा घोषणा गरेका के काम पुरा गर्न सक्यौं र के काम पुरा गर्न बाँकी रहेको सबै समिक्षा गरेर जनतासामु पुग्ने काम भइरहेको उहाले बताउनु भयो ।
यसै गरी नेपाली कांग्रेस ले आजै भीमफेदी मा कार्यकर्ता भेला गरी “घर घर जौ कांग्रेस जितौं” अभियान अन्तर्गत भीमफेदी गाउँ पालिका वडा नंबर ६ टोल कमिटी गठन गरेको छ। कार्यक्रमको क्रममा जिल्ला प्रतिनिधि मोम लाल दोङ्ग र पालिका सभापति संजीव श्रेष्ठ लगायत वडा सभापति क्रियाशील सदस्य हरुको उपस्थिति रहेको छ।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।