
भीमफेदी
२०७८/१२/०७
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले भ्रामक प्रचार गर्दै आफ्नो इमान्दार कार्यकर्ताको चरित्र हत्या गर्न खोजेको भन्दै नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले आपत्ती जनाएको छ ।
गत चैत्र ४ गते भीमफेदी गाउँपालिका वडा नंबर १ नयाँ गाउँमा सडक निर्माण उपभोक्ता समिति निर्माणको लागि बोलाएर नेपाली कांग्रेसबाट वडा नंबर १ मा निर्वाचित वडा सदस्य प्रेमबहादुर नेगीलाई एकिकृत समाजवादीका केहि कार्यकर्ताले पार्टी प्रवेश गरेको भन्दै सामजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै कांग्रेस भीमफेदीले ध्यानकर्षण गरेको हो ।
कांग्रेस भीमफेदीका सभापति संजीव श्रेष्ठले समाजवादीको भ्रमको पछि नलाग्न आग्रह समेत गरेका छन् । स्थानीय निर्वाचनको समयमा गाउँ छिरेर जनतालाई भ्रम छर्ने काम समाजवादीका नेता कार्यकर्ताले गर्न थालेको भन्दै यस्तो क्रियाकलाप नगर्न उनले चेतावनी समेत दिएका छन् । यसैगरी भीमफेदी गाउँपालिका वडा नंबर १ का सभापति सोमबहादुर स्याङ्तानले पनि विज्ञप्ति जारी गर्दै समाजवादीको भ्रमको पछि नपर्न अनुरोध गरेका छन् ।

समाजवादी प्रवेश गरेको भनेर चर्चा गरिएका वडा सदस्य नेगीले पनि प्रेस विज्ञप्ती जारी गर्दै आफुलाई उपभोक्ता समिति निर्माणको लागि बोलाएर भेलाको तस्बिर खिचेर समाजवादीको टोल कमिटि निर्माण गरेको भन्द्र भ्रम छरिएको जनाएका छन् । उनले भ्रमको पछि नलाग्न र आफु निरन्तर कांग्रेसमै रहने समेत बताएका छन् ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।