
२०७८ फागुन २५
भीमफेदी,
नेकपा एमाले मकवानपुरले बुधबार जिल्ला कमिटी सदस्यहरुको कार्यविभाजन गरेको छ ।
केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बसेको जिल्ला कमिटी बैठकले २८ जनालाई मनोनित गर्दै थप जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले जिल्ला सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको छ ।
बैठकले ३३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनु भयो ।
यसैबीच, एमाले जिल्ला कमिटी सदस्यहरुमध्ये बुधबारको बैठकले सरिता परियार लाइ जिल्ला कमिटी सदस्यमा मनोनित साथ वडानं ६ इञ्चार्ज जिम्मेवारी प्रदान गरेकाे छ ।
यसैगरी जिल्ला सदस्य सुरेन्द्र राज थीके प्रचार प्रसार उप प्रमुख, तथा वडानं ६ इञ्चार्ज , पार्वती राना निर्वाचन क्षेत्र २ न ख ईञ्चार्ज तथा सचिवालय सदस्य,द्रोण भद्र पुडासैनी सचिवालय सदस्य तथा भीमफेदी गाउपालिका इञ्चार्ज , जहार सिं लामा रिटर्निङ्ग फेडरेशन इञ्चार्ज , चेत कुमारी पुडासैनी वडानं ५ इञ्चार्ज , पञ्चमाया लामा बन बाताबरण इञ्चार्ज,प्रकाश पुडासैनी ९ नं वडा इय्चार्ज काे जिम्मेवारी दिएको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।