
भीमफेदी
२०७८/११/१९
मकवानपुर भीमफेदीको मतदाता संख्या १७ हजार ४ सय ४७ रहेको छ।
मकवानपुरमा मतदाताको संख्या २ लाख ९५ हजार ५ सय ५० पुगेको छ । प्रदेश निर्वाचन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउने मतदाता कबिर ३ लाख नजिक पुगेको हो ।
कार्यालयको अनुसार यो वर्ष गत स्थानीय निर्वाचन-२०७४ भन्दा ६७ हजार ७ सय ९१ जना मतदाता बढेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो । सोहि वर्ष भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने २ लाख ५५ हजार ६ सय ४ जना मतदाता थिए ।
कार्यलयकी सूचना अधिकारी सम्झना ढकालको अनुसार आजबाट २६ गतेसम्म केहि त्रुटीहरु भएमा सच्याउन सकिने गरि सूचना भएको र मृत्यु भएकाको हकमा आएको प्रमाणित कागजातको आधारमा हटाउन सकिने छ ।
स्थानीय चुनाव २०७९ बैशाख ३० मा भिमफेदी गा.पा.काको ९ वटा वडाहरुमा रहेको जम्मा मतदाता संख्या र मतदाता केन्द्र हरुको विवरण 👇️👇️👇️
भिमफेदी गा.पा. मा जम्मा मतदाता=१७४४७
- भिमफेदी गा.पा. वडा नम्बर १= २५३५ मतदाता (राष्ट्रिय मावि सानुटार ) -भिमफेदी गा.पा. वडा नम्बर २ = २२९४ [ ९८०मतदाता (बिष्णु आधारभूत वि.चुनिया), १३१४ मतदाता ( श्री क्रिष्ण मावि भैसे )
- भिमफेदी गापा वडा नम्बर ३=१७०२ [ ६२८ मतदाता ( बाघभैरव प्रावि आपचौर) ४८४ मतदाता (महाकाली निमावि ईक्चुङ) , ५९० मतदाता(लेखपान्द्राङ प्रावि,पान्द्राङ)]
- भिमफेदी गापा वडा नम्बर ४= १५६३ मतदाता ( कुलेखानी ईङलिस स्कुल, चिउरिबगैचा)
- भिमफेदी गापा वडा नम्बर ५ = २१८६ मतदाता (महालक्ष्मी मावि सुपिङ)
- भिमफेदी गापा वडा नम्बर ६ = २११२ मतदाता (महेन्द्र मावि भिमफेदी)
- भिमफेदी गापा वडा नम्बर ७= १११८ मतदाता (श्री मावि कोगटे )
- भिमफेदी गा.पा.वडा नम्बर ८ = १९०४ [ ६९७ मतदाता (आपचौरआधारभूत स्वांरा) +७०५ मतदाता (पन्चकन्या मावि उखुवारि )+५०२ मतदाता (नटारमेश्वर आ.बि. महादेवटार)]
- भिमफेदी गापा वडा नम्बर ९= २०३३ मतदाता ( बाख्रापालन स्रोत केन्द्र,बाघमारा)

More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।