
भीमफेदी
२०७८/११/१६
भीमफेदी प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेस्थित सडकखण्डबाट लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भीमफेदी गाउँपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीय सविन रिजाल, भीमफेदी–८ बस्ने २५ वर्षीय सोमसिङ घलान, ५० वर्षीय संचरसिङ घलान र ६० वर्षीया जुठी माया घलान रहेका छन् ।
उक्त सडकखण्डमा भीफेदीबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ००१ च ११४४ नम्बरको तरकारी बोक्ने गाडीलाई उक्त स्थानमा चेकजाँच गर्दा लुकाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये सविन रिमाल गाडी चालक हुन । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,