भीमफेदी
२०७८ फागुन १२
भीमफेदी गाँउपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा (HRDC) को समन्वयमा भीमफेदी गाँउपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सुरु भएको छ। आज एक कार्यक्रमको बिच वडानं २ भैसेमा १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सुरु गरियो ।
यसै गरी भीमफेदी गाउपालिकामा अन्य दुई स्थानमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सञ्चालन गरीने छ।
कार्यक्रम लाई संबोधन गर्दै भीमफेदी गाँउपालिका अध्यक्ष हिदम लामाले भीमफेदी गाँउपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा (HRDC) को समन्वयमा भीमफेदी गाँउपालिकाको रु आठलाख र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा (HRDC) को दुई लाखमा मा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर आरम्भ भएको बताउनु भएको छ।
संझौता अनुसार शारीरिक अपाङ्गता भएका बालबालिकाको लागी औषधि,सहयोग सामग्रि तथा शल्यक्रिया समेत गरीने छ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।