December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाँउपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा (HRDC) को समन्वयमा परिक्षण घुम्ती शिविर सुरु गरियो ।

भीमफेदी

२०७८ फागुन १२

भीमफेदी गाँउपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा (HRDC) को समन्वयमा भीमफेदी गाँउपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सुरु भएको छ। आज एक कार्यक्रमको बिच वडानं २ भैसेमा १८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सुरु गरियो ।

यसै गरी भीमफेदी गाउपालिकामा अन्य दुई स्थानमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सञ्चालन गरीने छ।

कार्यक्रम लाई संबोधन गर्दै भीमफेदी गाँउपालिका अध्यक्ष हिदम लामाले भीमफेदी गाँउपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा (HRDC) को समन्वयमा भीमफेदी गाँउपालिकाको रु आठलाख र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा (HRDC) को दुई लाखमा मा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर आरम्भ भएको बताउनु भएको छ।

संझौता अनुसार शारीरिक अपाङ्गता भएका बालबालिकाको लागी औषधि,सहयोग सामग्रि तथा शल्यक्रिया समेत गरीने छ।