March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेला बाट भीमफेदी गाउपालिका बाट जिल्ला सदश्यमा प्रकास सिलवाल मनोनित।

२०७८ फागुन १०

भीमफेदी

वैदेशिक रोजगारीबाट फर्किएकाहरुको संस्था रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेला मंगलबार हेटौंडामा सम्पन्न भएको छ । रोजगारीको शिलाशिलामा बिश्वका बिभीन्न मुलुक गएर हाल नेपालमै रहेर स्वरोजगार बनेका युवाहरुको संस्था रिटर्नी फेडेरेसनको मकवानपुर जिल्ला स्तरीय भेला भएको हो ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, सिप, पुँजी र जाँगरको सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउने उदेश्यका साथ २०७४ सालमा स्थापना भएको उक्त संस्थाको हाल ५० जिल्लामा कमिटी गठन भईसकेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट रहेको उक्त संस्थामा हालसम्म ५० जिल्लाका ५० हजार भन्दा बढी स्वरोगरा युवाहरु आवद्ध रहेका छन् । विदेशमा प्राप्त सिप र ज्ञानलाई स्वदेशमा बिस्तार गर्ने र उद्यमशिलता विकास गर्ने उदेश्यका साथ संस्थाको स्थापना भएको बताईएको छ ।