March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका छनौटमा आइसिटी ल्याब व्यवस्थापनमा भीमफेदीको लागी एक बिधालय लेकालि बसिफांट।

भीमफेदी

२०७८ फागुन ४

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा मकवानपुरमा २९ विद्यालयले अनुदान पाएका छन् । मकवानपुरको सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाको ९ विद्यालयले अनुदान पाएको छ भने राक्सिराङ गाउँपालिकाका कुनै पनि विद्यालयलका लागि अनुदान स्वीकृत भएको छैन ।

अनुदान पाउनेहरुमा थाहा नगरपालिकाका ४ विद्यालय रहेका छन् । इन्द्रसरोवर गाउँपालिकाको २, भिमफेदीको १, बागमतीको ३, बकैयाको ६, मकवानपुरगढको २, मनहरी र राक्सिराङ गाउँपालिकाका १/१ विद्यालयले अनुदान पाएका छन् ।

देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय अनुदानका लागि छनोट भएका छन् । छानिएकामध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।

भीमफेदीका लागी लेकाली बसिफांट माध्यामिक बिधालयको लागी ६५०००० रकम बिनियोजित भएको हो।