भीमफेदी
२०७८ फागुन ४
विप्लवसहित अन्य दलहरुले गरेको नेपाल बन्दको प्रभाव मा सामान्य देखिएको छ । सडकमा सामान्य गाडीहरु चलेका छन् भने बिधालयमा अध्यनरत बिधार्थिहरुको चहलपहल रहेका छन् ।
बन्दकर्ताले गाडी नचलाउन आग्रह गरे पनि धेरै चलेका छन । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गरिने कुरा चलेपछि विप्लव लगायतका दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन् ।
नेपाल बन्दको घोषणा गर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतका दलहरु रहेका छन् ।
मंगलबार नेपाली कांग्रेसले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै यसलाई संसदमा टेबुल गर्ने निर्णय गरेको थियो । सोही कारण आज नेपाल बन्दको घोषणा गरिएको हो ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।