
भीमफेदी
२०७८ माघ २७
सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो। डिडिसिले उपभोक्ता मा रु ९ बढाएता पनी सुपिङ दुग्ध सहकारीले बिगत एक हप्ता अगाडी देखी रु १० मा बिक्री गर्दै आएको छ। यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा सुपिङ दुग्ध सहकारीले ८० रुपैया लिटर लिने गरेको थीयो।बढेको मुल्य लागू भएर प्रतिलिटर रु ८५ हुनु पर्नेमा रु ९० लिने गरेको छ। डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो।

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ।यसअघि काठमाडौँमा रु ७६, बुटवल भैरहवामा रु ७२ र नेपालगञ्ज क्षेत्रमा रु ७० तोकिएको थियो।हेटौडाको मुल्य समायोजन अनुसार भीमफेदीमा पनी रु ८५ मा बितरण हुनु पर्ने उपभोक्ताको माग छ।
माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो। त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।