
भीमफेदी
२०७८/१०/२२
इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरको चेकपोष्टअगाडि सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा फेला परेका मरेका कुखुराहरु नष्ट गरिएको छ ।
विवश सापकोटाले काठमाडौंबाट हेटौडा तर्फ प्रदेश २–०३–००१ च ४१८० नम्बर पिकअपमा मरेको करिब २ सय ५० कुखुरा लोड गरी आउँदै गरेको अवस्थामा फेला पारिएकोहुँदा कुखुरासहित गाडी नियन्त्रणमा लिइएको थियो ।
मकवानपुरको हेटौडा–८, कर्रास्थित अजय खड्काको खाली जग्गामा कोहीकसैलाई असर नपर्ने गरी भलाइ कोष अध्यक्ष राजेन्द्र मैनालीको रोहबर, कुखुरा व्यवसायी संघ सदस्य राजकुमार श्रेष्ठ र कोषाध्यक्ष ऋषिराम दुलालसहितको उपस्थितिमा खाल्डो खनेर मरेका कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।