April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मकवानपुरमा अझै माघ मसान्त सम्म बिधालय नखुल्ने,वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाउन आग्रह ।

भीमफेदी

२०७८/१०/१६

 कोरोना थोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरत मणी पाण्डेले थप दुई आदेश जारी गरेका छन् ।

आईतबार सिडिओ पाण्डेले जिल्ला भित्रका विद्यालय र भिडभाड हुने स्थानहरु माघमसान्त सम्म नखोल्न आदेश जारी गरेका हुन् ।

आदेशमा विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म भौतिक रूपमा उपस्थितिमा संचालन नगर्न र शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाउन आग्रह गरिएको छ ।

यसैगरि,सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पिकनिक स्थल, खेलमैदान, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालन नगर्न भनिएको छ ।