
भीमफेदी
२०७८/१०/१६
ऐतिहासिक अस्पताल हाल प्राथमीक स्वास्थ्य केन्द्र आउदो माघ १८ गते देखी बनकार्यालय रेन्जपोष्ट भीमफेदी हात्तीसार बाट सेवा प्रदान गर्ने भएको छ ।
भीमफेदी प्राथमीक स्वास्थ्य केन्द्र यसै बर्ष बाट १५ शैयाको अति आधुनिक सेवा बिस्तार सहित प्रदायक अस्पताल निर्माणको क्रममा प्राथमीक स्वास्थ्य केन्द्र हातामा भएका पुराना घर संरचना हटाइ नयां भवन बन्ने कार्य थालनी भई सकेकोले तेहा रहेको सेवा सुबिधा हाल लाई कार्य पुरा नहुन्जेल स्थान्तरण गरेको स्वास्थ्य संयोजक रामनाम थिं ले जानकारी गरेको छ।

हाल सेवा प्रदायक भीमफेदी हात्तीसार भवन भने २०७२ सालको बिनाशकारी भुकम्प पश्चात आपतकालीन आश्रय घर नेपालि सेनाले तयार गरेको हो।हाल उक्त भवनमा दैनीक स्वास्थ्य परीक्षण,प्रशुतीसेवा,परिक्षण प्रयोगशाला,आपतकालीन रात्री सेवा,औषधि भण्डारण कक्ष सेवा प्रदान गरीने छ।
आपतकालीन रात्री सेवाको लागी पारामेडिक्स र नर्सिङ आवास ब्यबस्था भई सकेको र मेडीकल अधिकारीको लागी समेत तयारी मा रहेको बताएको छ।
ऐक्सरे सेवा भने केहि साता पछीमात्र सञ्चालनमा आउने छ, हाल आबश्यकता अनुसार कक्ष ब्यबस्थापन भइ नसकेकोले सेवा उपलब्ध हुन नसकेको बताईएको छ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।