
२०७८/०९/३०
भीमफेदी
मकवानपुर मा बिहिबार ७१ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।
अस्सि जनाको पिसिआर बिधिबाट परिक्षण गर्दा चौवन्न जनामा र उनपचास जनाको एण्टिजेन बाट परिक्षण गर्दा सत्र जनाको। संक्रमण देखिएको थियो।
संक्रमण पुष्टि हुनेमा भीमफेदी गाउँ पालीका वडानं १ का आठ जना र वडानं ४ का एक जनामा संक्रमण रहेको भीमफेदी गाउँ पालीका स्वास्थ्य संयोजक राम नाम थिङ्ग ले बताउनु भएको छ।

यसै गरी भीमफेदी गाउँ पालीका ले मिति २०७८/०९/२९ गते वडा नं तिनमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न गरेको छ। जिल्ला प्रशासन कार्यालयले सामाजिक भेला तथा कुनै किसिमको कार्यक्रम नगर्न अपिल जारी अबस्थामा भीमफेदी। मा अर्को थप दुई स्वास्थ्य शिविर को चर्चा र प्रचार प्रसार भइरहेको छ।
स्वास्थ्य शिविर सञ्चालन हुनु आफैमा राम्रो पक्ष भएतापनि यो महा महमारीमा कस्तो सुरक्षा र ब्यबस्थापन गरेको छ भन्ने यकिन पछि मात्र शिबिर संचालन अनुमति दिनुपर्ने एक स्थानीय ले बताउनु भएको छ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,