
भीमफेदी
नेकपा एमाले मकवानपुरको उपसचिव मा हिदम लामा सहित सदस्य मा द्रोणभद्र पुडासैनी, पार्बती राना, सुरेन्द्र राज थिके,जहार सिं लामा,चेत कुमारी पुडासैनी,प्रकाश पुडासैनी,पञ्चमाया स्याङ्तान,सरीता परीयार, निर्वाचित भएको छ।

नेकपा एमाले मकवानपुरको अध्यक्षलगायत कार्यसमिति सर्वसम्मत चयन भएको छ । ११ औं जिल्ला अधिवेशनबाट एकालाल श्रेष्ठको अध्यक्षतामा एक सय ५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो ।
एमाले मकवानपुरको उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नविन सिग्देल सर्वसम्मत निर्वाचित भए । त्यसैगरी खुल्ला तर्फका उपसचिवमा हिदम लामा र महिला तर्फको उपसचिवमा सीता विष्ट चयन भएका छन् । पदाधिकारीसहित अन्य सदस्यहरु पनि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
जिल्लाको थाहा नगरपालिका,बागमती, बकैया, मकवानपुरगढी, भीमफेदी,राक्सिराङ, र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र अन्तर्गत ६ स्थानीय तह र हेटौंडा उपमहानगरलिका, जनजाती, मुस्लिम र अल्पसंख्यक महिला,मजदुर तर्फ गरेर ४७ जना जिल्ला सदस्य शनिबार नै निर्विरोध निर्वाचित भइसकेका थिए । अन्य सदस्य पनि निर्विरोध भएका छन् । उनीहरुको नामावली भने आउन बाँकी रहेको जनाइएको छ ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।