April 16, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

एमाले मकवानपुरको जिल्ला अधिवेशन ,भीमफेदी ले चार खुल्ला र एक महिला सदस्य पाउने।

मकवानपुर

२०७८/०९/२३

नेकपा एमाल मकवानपुरको ११ औ जिल्ला अधिबेशन आज २३ र २४ गते हेटौंडामा आयोजना हुदैछ ।

नेकपा एमाले मकवानपुरले हेटौंडा-५ स्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै भोलि र पर्सी हुने अधिवेशनको जानकारी दिएको छ ।
अधिवेशनको लागि जिल्लाभरबाट आयोजक, जिल्ला भरिका १सय २ वटा वडाहरुबाट प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधिको सहभागिता रहने एमाले मकवानपुरका सचिब एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले एमाले अध्यक्ष केपी ओलीबाट पार्टीको ७७ वटै जिल्ला अधिवेशनलाई भोलि मध्यान्ह १२ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भयो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरेर १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्माण गर्नेछ ।

यसैगरि पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले जिल्ला अधिवेशन पछि एमाले गाउँगाउँ गएर पार्टीका गतिविधिलाई तिब्रता दिने बताउनु भयो । उहाँले अहिलेको सत्ता गठबनधन सरकार विकास निर्माणको कामलाई अघि बढाउन नसकेको टिप्पणी गर्दै नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको चाहना एमालेले मात्र पुरा गर्न सक्ने बताउनु भयो ।

उहाँले आउँदो दिनमा स्थानीय, प्रेदश र केन्द्रको निर्वाचन केन्द्रीत रहेर पार्टीको कामलाई अघि बढाउने समेत बताउनु भयो । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु र जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

निर्वाचन तालिका
निर्वाचन कार्यक्रम अनुसार पुस २३ गते बेलुकी ५ बजे मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन बेलुकी ६ बजे, उम्मेदवारी दर्ता राती ११ बजेदेखि विहान १ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन २४ गते विहान २ बजे, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ गते विहान ८ बजे र मतदान विहान १० बजेदेखि ४ बजेसम्म क्वीक ट्वान्टी पार्टी प्यालेसमा हुने एमाले मकवानपुरले जनाएको छ ।

बागमती गाउँपालिकालाई ४ खुल्ला १ महिला, गढी ३ खुल्ला १ महिला, इन्द्रसरोवर २ खुल्ला १ महिला, कैलाश ४ खुल्ला १ महिला, मनहरी ४ खुल्ला १ महिला, बकैया ४ खुल्ला २ महिला, भिमफेदी ४ खुल्ला १ महिला, थाहा ४ खुल्ला २ महिला, राक्सिराङ ४ खुल्ला १ महिला, हेटौंडा ६ खुल्ला ४ महिला, पेशागत १ खुल्ला १ महिला, मजदुर इलाका ४ खुल्ला १ महिला जनजाति, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता ४ खुल्ला २ महिला र दलित २ खुल्ला १ महिला कोटा निर्धारण गरिएको छ । यी कोटाहरुमा सर्वसम्मत हुन नसके जिल्ला भरका प्रतिनिधिले मतदान गर्नेछन् ।

यसैगरी, अन्य खुल्ला १६ र महिला खुल्ला १४ रहेका छन् ।