April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समिति अध्यक्षमा युवराज श्रेष्ठ (रामेछाप)

मकवापुर,भीमफेदी

२०७८/०९/२२

मकवानपुर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समिति अध्यक्षमा युवराज श्रेष्ठ (रामेछाप) सर्वसम्मत चयन भएका छन् । हेटौंडामा विहीबार सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएको हो ।

यसैगरी, उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं), संगठन सचिव शिशिर दोङ (काभ्रे), संस्थागत सचिव राजु नापित (काठमाडौं), कोषाध्यक्ष शंकर श्रेष्ठ (धादिङ) चयन भएका छन् ।

सदस्यहरुमा मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ (अस्मि) (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा , पासाङ घिसिङ (ललितपुर), रविन्दू सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन भएका छन् । २१ सदस्यीय समितिमा संस्थागत सदस्यमा पदाधिकारीको बैठकले पछि एकजना मनोनयन गरिने जनाएको छ ।

दोस्रो प्रादेशिक अधिवेशनबाट संघीय प्रतिनीधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन गरिएको छ ।

यस्तै, प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरुमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन भएका छन् । राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ ।

Hotel Sundar(xito mitho khaja ghar
यहां अर्डर अनुसार खाना खाजा पाइन्छ ।