
देब श्रेष्ठ
भीमफेदी२०७८/०९/१६
२०७८साल पौष ४गते लोककवि स्व.गणेश लाल श्रेष्ठ को उहाँको जन्मस्थान भिमफेदीको आकासेधारा पार्क मा उहांको अर्धकद्को प्रतिमा स्थापना गर्ने कार्यक्रम थियोे ।मकवानपुर जिल्ला का प्रहिला सर्जक लोककवि श्रेष्ठ ले आजभन्दा ८०बर्ष पहिले तात्कालिन समयमा हिन्दी गित र भजन मात्र गाउने बजाउने समयमा नेपाली भासामा भजन गित का बिधाहरुलाइ समेती मेरो दुई पुस्पान्जली गीति पुस्तक प्रकाशन गर्नुभयो।२०१३सालमा “निफोस्वां” नेपाल भासामा गीति पुस्तक निकाल्नु भयो।उहाँ लाई २०५६सालमा लोक साहित्य परिषद ले मरणाेप्रान्त लोककबी को संमान प्रदान गरेको थियोे ।उहाँले नेपाली नेवारी र तामाङ भासामा समेत थुप्रै रचना हरु
रचनु भएको थियो ।उहाँ गितकार संगीतकार मात्र नभई एक सशक्त व्यंग्य कलाकार पनि हुनुहुन्थ्यो ।मकवानपुरका यस्ता लोकप्रिय प्रथम श्रस्ता लाइ संमानित गर्नेक्रममा उहाँको प्रतिमा उहाँकै जन्मस्थान भिमफेदीमास्थापना गर्न पुस३ गते बेलुकी सम्म सबै चांजो पांजो मिलिसकेको थियोे।पौष ४गते प्रतिमाको अनावरण गर्न परराष्ट्र बिद तथा प्राज्ञिक ब्याक्तित्व हिरणय लाल श्रेष्ठ ३गते सांझै भिमफेदी पुगिसक्नुभयको थियोे।४गते बिहान सांस्कृतिक टोलि बाजा गाजा सहित साहित्यिक र अन्य ब्याक्तित्व हरुभिमफेदी पुग्दा ४ गते रातिनै मुर्ती चोरी भएको सुन्दा स्थापना गर्ने स्थान मा मुर्ती नदेख्दा संपुर्न ब्यक्तिहरु दुखित हुनाका साथै आस्चर्यचकित समेत हुनपुग्यो।एकजना बहुआयामिक बहुभाषिक र बहुप्रतिभाशाली सर्जक तथा श्रस्ता को संमान मा हुन लागेको कार्यक्रम को बिरोध कसले किन गर्यो?चोर ले पो अनावश्यक फायदाको लागि चोरी गर्यो कि?अनेकौं शंका उपशंका को बिचमा प्रहरी ले चारैतिर खोज्यो ।मुर्ती हराएको समाचार स्थानीय देखि रास्तृय पत्रीका हरुले समाचार खबर प्रकाशन गर्यो।चारैतिर मुर्ती चोरी को हो हल्ला भयपछि भोलिपल्ट चिसापानी को पुल को मुनि फ़ोहोरमा फालियको अबस्थामा मुर्ती फेलापर्यो।जुन ठाउंमा अघिल्लो दिन खोजी गर्दा पाइएको थियन।यो घटनाले मुर्तिचोर्नेहरु बेजिम्मेवार छाडा र अपराधी मनोवृत्ति भएकाहरुहुन भन्न सकिन्छ ।यो घटनाले भिमफेदी बासी प्रबुद्ध बर्ग र तपाईं हामी सबैलाई लज्जित बनायकोछ ।समाजका संमानित श्रस्ताको संमान समेत पचाउन नसक्ने अपराधी लाई समातेर कारबाही गर्ने टाढाको कुरा, त्यस्ता कुतत्व लाई संरक्षण गर्ने प्रवृत्ति पनि मोलायको छ ।प्रहरीले मुर्ति खोज्ने सक्रियता त देखायो तर चोर फेला पारेन।श्रस्तालाइ संमान र संरक्षण गर्नेकाम स्थानीय निकायकोहो,राजनैनिक दलहरुको हो।राजनैनिक दल स्थानीय निकाय र प्रहरीले सक्रियता पुर्बक खोज बिज गरि अपराधी लाई कारबाही गराेस।र्मुर्ती पुनर्स्थापना भब्यताकासाथ संपन्न गराउने व्यग्र प्रतीक्षा का साथ स्थानीय जनता प्रतीक्षारत छ ।
यो घटना लाई केहि अबान्छित ब्यक्तिहरु जातीय सद्भाव लाई भदकाउने प्रयास गर्न थालेकाछन लोककबी लाई संमान गर्नु भनेको अरु श्रस्तालाइ पनि संमान गर्ने बाताबरण बनाउने हो र नयाँ पीडिं लाई प्रोत्साहन र प्रेरणा दिनु हो।लोककबी गणेश लाल नेवार हरुको मात्र कबि होइन हामि सबै जात जाती को कवि हो ।श्रस्ता लाई जातीय लेप लगायर सद्भाव भदकाउने कसैले गर्नहुन्न।हामीले यहिंचिसापानी गढि मा जन्मेका नेपाल का पहिला गायिका कोइली देवी भिम्फेदी मै जन्मेका लोक गायक सोम बहादुर घ्लान भिमफेदी पालिका भैसे मा जन्मेका बरिस्ठ साहित्यकार तुल्सी थापा लगायत लाई पनि संमान गर्ने बाताबरण बनाउदै लैजानु पर्छ
यसैगरी अरुप्रतिभा हरुको पनि खोजी गर्दै जानुपर्छ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।