April 19, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

शुभचिन्तक को नजरमाभाटभटेनी हेटौडा।

मकवानपुर,भीमफेदी

२०७८/०९/१२

समग्रमा बजारको आर्थिक पाइलाले भाटभटेनिले मकवानपुरलाइ दिनसक्ने अवसर चुनौतिहरु येसरी देखिन सक्छन ।

१.भाटभटेनिको पहिलो उदेश्य मान्छेको भिडलाइ आफ्नो स्थल सम्म आकर्षण गर्नु हो भने दोश्रो उदेश्य ती मान्छेको भिडलाइ आफ्नो उपभोक्तामा परिणत गर्नु हो । जुन उदेश्य प्राप्तिका लागि पहिलो अध्याय घरघरै कार्ड बाड्ने,निम्ता दिने,छुट दिने लगायतका योजना सङ सङै दोश्रो अध्यायको रुपमा स्टोरको आन्तरिक तथा बाहिरी साजसज्जा र झिलिमिलि( आजकालका युवा बर्ग अधिक येस्तैमा अल्झिन्छन) प्रदर्शनी गर्यो ।

२.स्थापना लागत करिब १५० करोड(डेढ अर्ब) लागेको भन्ने जानकारिले यो पुष्टि गर्छ कि कम्तिमा लागत ब्याज न्युनतम १०% राख्ने हो भने…१५ करोड बार्षिक खुद मुनाफा कमाउनु पर्ने देखिन्छ । त्यसो हुनका लागि दैनिक कम्तिमा ४१०९५८.९० खुद नाफा अन्य सन्चालन खर्चहरु बिना कमाउनु पर्ने देखिन्छ येसैलाइ औषत मान्ने हो भने अन्य सबै खर्चको औषत लिदा कम्तिमा दैनिक ५ लाख रकम सन्चालन सन्तुलन(ब्रेक इभन)को लागि कमाउनु पर्ने देखिन्छ ।साधारण तया खुद्रा खाध्यन्न बिक्री औषतमा २०% नाफा देखिन्छ(१०/१२ ओटा मध्यम स्तरका किराना पसलको डाटा अनुसार) येसैलाइ आधार मान्ने हो भने दैनिक २५ लाखको बिक्री रकमले भाटभटेनी ब्रेक इभनमा चल्ने देखिन्छ ।

३.पहिलो साताको ब्यापारको रकमलाइ आधार(अपुष्ट सुचना) मान्ने हो भने औषत भन्दा ४/५ गुणाको व्यापार गरेको देखिन्छ यो उसको लागि सकारात्मक पक्ष हो । र यो शिलशिला अझै केही दिन (६/७ दिन) स्थिर रहि बिस्तारै २०-३० लाख दैनिक ब्यापारको श्रृङखलाको श्रेणिमा आउने देखिन्छ ।

६.नया ठाउमा अरुको व्यापार हिस्सा खोस्न र आफ्नो अधिपध्य जमाउन आयकोले उस्ले केही साधारण ट्रीक लगाउन सक्छ…जुन दैनिक तर निक्कै थोरै खपत हुने चिज जस्तै नुन,चिनी आदिमा बजार मूल्य भन्दा केही सस्तोमा उपलब्ध गराउन सक्छ वा लागत मुल्यमै बिक्री गर्न सक्छ । येसो गर्दा गृहणिहरुमा एउटा सस्तोको भ्रम सृजना अन्य सामानहरु पनि मनग्य खरिद गर्नेछन र त्यताबाट नाफा कमाउन सक्छ सङ सङै विभिन्न सामानमा (जसको साधारणतया अधिकतम बिक्री मूल्य हुदैनन) त्यसमा मुल्यमा केही प्रतिशत पहिल्यै बढायर बम्पर छुट भनेर निकाल्न पनी सक्छ । यो भ्रममा पारेर उपभोक्ता आकर्षित गर्ने अर्को आधार हुन सक्छ ।

७.येस्को अर्को पाटो येस्ता ठुला ठुला ब्यापारिक सस्थानले साधारणतया उधारोमा सामान खरिद गर्ने(२/३/६ महिनाउधारोमा लिने) र नगदमा बिक्री गर्ने गर्दछन । येसो गर्दा लगानी लागत नगदमा नलाग्ने भयकोले अरुले भन्दा केही (१/२% सस्तो) दिन सक्ने आधार रहन्छ र येसैलाइ उनिहरुले उपभोक्ता तान्ने अस्त्रको रुपमा प्रयोग गर्न सक्छन ।

७.हेटौडा जनसन्ख्याको आधारमा र बजारको सम्रचनागत दृस्टिकोणबाट सानो ब्यापारिक ठाउँ हो । २० मिनेट राम्ररी घुम्दा हेटौडा बजारका अत्यधिक ठाउको कुना कुना घुम्न सकिन्छ ।येहाका अत्यधिक उपभोक्ताको खरिद व्यवहार मासिक पुग्ने सामान एकैपटक खरिद गर्ने देखिन्छ । यो भनेको उपभोक्ताको मौज्दात सचेतना व्यवहार हो । येसले उपभोक्ताले एकैपटक धेरै रकमको बस्तुहरु खरिद गर्ने देखिन्छ येसो गर्दा उपभोक्ताको नगत तरलता एकपटकको खरिद प्रक्रीयापछी सारै न्यून हुने देखिन्छ अर्थात एकपटक १५ दिन, एकमहिनाको लागि सामान किनिसकेपछी उपभोक्ताहरु सङ दैनिक घर सन्चालन खर्च नगदमा कम हुने देखिन्छ । उनिहरुले परिणामतह त्यस्तै खरिद व्यवहार प्रस्तुत गर्नेछन ।

८.धेरै दैनिक भान्सा र घर सन्चालनका सामाग्रीहरु एउटै छानामुनी पाइने भयकोले उपभोक्ताले अन्य समयको खुद्रा खरिद भन्दा बढी खरिद गर्ने अन्तरास्ट्रीय आकडा छ । येसैलाइ आधार मान्दा दैनिक खुद्रा सामानको अन्य स्थानमा खरिद सम्भावना सारै न्यून रहन्छ अर्थात टोल टोलका खुद्रा किराना पसल र साना साना मार्टहरुको ब्यापारमा १०-४०% सम्म गिरावट आउन सक्छ यो येस्तो सम्रचनामा साधारण मान्नु पर्दछ।

९.साथ साथै हेटौडा आसपासका लगभग सबै खुद्रा सामान बिक्रेताले हेटौडा बजारमै रहेका होलसेल डिपोहरुबाट सामान खरिद गरिरहेको परिपेक्षमा खुद्रा पसलको बिकृमा (१०-४०%) आउने गिरावटले खुद्रा पसलले होलसेल सङ किन्ने परिणाम र रकममा निश्चय नै कमि आउने छ अर्थात भाटभटेनिको सन्चालनले हेटौडाका होलसेल ब्यापारिलाइ त्यत्ती नै असर गर्ने छ जत्ती खुद्रा ब्यापारिलाइ गर्ने छ । अर्को पाटो भाटभटेनिले हेटौडाका बिक्रेता सङ होलसेल सामाग्री सायदै खरिद गर्नेछ येसले २ ओटा परिबेश देखिन सक्छ ।अन्त होलसेलरले बेच्ने सामानको नाम,गुणस्तर र भाटभटेनिले बेच्ने सामानको नाम र गुणस्तर धेरैमा फरक पर्ने छ( बजारमा नया नया बस्तु भित्रीने छन) । भने अर्को प्याकिङ्ले धेरै असर गर्ने देखिन्छ ।

१०.अहिले सम्म पनि उपभोक्ताले मूल्य पहिलो, प्याकिङ दोस्रो र गुणस्तर तेस्रोमा राखेर सामान खरिदको आधार तय गरिरहेको अवस्थामा बजारमा एक पटक येहाका ठुला ब्यापारिमा मूल्य युद्ध हुने सम्भावना देख्न सकिन्छ ।बिभिन्न ब्यापारिक होलसेल ब्यापारिहरुले स्थानिय स्तरमै आयको नगदको ब्यबस्थापन गरिरहेको परिपेक्षमा भाटभटेनिको सम्रचनागत ब्यबस्थापनले गर्दा (येहा खासै केही खरिद नहुने)बजारमा नगद तरलता( थोरै प्रभाब पार्न सक्ने) देखिनेछ जो अब दैनिक हुनेछ ।

केही स्थानिय र हेटौडाबासी युवाहरुले रोजगारिको अवसर पायकाले येसलाइ सकारात्मक र नगद तरलता सङ जोडेर हेर्नू पर्ने देखिन्छ ।नजिकैको घरका कोठाहरु चलेको भन्दा महङैमा भाडामा जाला ।

भाटभटेनिले ३ बर्गको उपभोक्ता बर्गिकरण गरेको र त्यही अनुसार खरिद प्रक्रीयामा सामेल गरायको देखिन्छ ।
१) युवा २) गृहणी ३) बालबालिका

११.युवा जो खर्च गर्न हिच्किचाउदैन र देखाउनकै लागि बढी खर्च गर्छ त्यस्ताका लागि छुट्टै बिदेशी ब्रान्डका खानाका स्टलहरु राखेर आकर्षण गरेको छ ।
उदाहरणतह kfc
साधारणतया ५ जनाको एकपरिवारले kfc को कुखुराको मासुजन्य भेराइटिहरु खायमा (३-५०००) खर्च हुने देखिन्छ ।
जुन तत्कालै प्रयोगमै सक्किने एकपटकको खरिद प्रक्रीया हो ।
यसले युवा बर्गमा तत्कालमा बिदेशिको टाउको प्रीन्टेड गिलासमा सेतो कुखुरोको मासुको स्वाद भन्दा बढी सामाजिक सन्जालमा फोटो प्रदर्शनिमा सहयोग त गर्ला तर त्यो सङै घर पुगेपछी त्यत्ती पैसाले ७/८ किलो कुखुराको मासु आउथियो बेकारमा खाइयछ भन्दै धेरैको पुर्पुरोमा हात शृखला हेर्न लायक देखिनेछ । यो खरिद प्रकृया पछि देखिने आर्थिक ब्यबहारात्मक साधारण प्रक्रीया हो । येस्ता ब्यबहारले यी बिदेशी ब्रान्डको पैसा बिदेश नै जाने हुन्छ जुन स्थानिय नगद तरलता सङ सम्बन्धित रहन्छ ।
१२.अर्को पाटो चिया र चुरोट सर्काउन भैसे,पान्द्राङ,सामरी,झोलुङेपुल,चुनिया पुग्ने युवा समुह अब येतै भाटभटेनिको कौसिमा देखिनेछ येसले स्थानिय तहको साना चिया चुरोट पसललाइ प्रत्यक्ष असर गर्ने छ ।

१३.दैनिक औषत २० लाख राख्दा मासिक (२०*३०=६ करोड) नगद तरलता हेटौडा बजारले खेप्नेछ । यो सम्बेशनशिल बिषय हुनेछ ।सेवा दिनु पर्ने /समय लाग्ने/ वारेन्टी दिनुपर्ने झन्जटिलो क्षत्रमा भाटभटेनिले सकेसम्म हातै हाल्ने छैन । हात हाली हाल्यो भने पनि तेस्रो पक्षको पुर्ण सहायता र वारेन्टी सुरक्षितता भय मात्र हात हाल्नेछ त्यसैले यी क्षेत्रका ब्यबसायलाइ खासै असर पर्ने देखिदैन । जस्तै मोबाइल/ कम्प्युटर/ अटो मोबाइल/इलेक्ट्रोनिक्स( न्यून प्रभाब) लगायतका क्षेत्र ।

अटो मयुरिको हुल भाटभटेनी तिरै ओरालो बाटोतिर दौडियको र आम्दानी बढेको हल्लाले नया अटो मयुरिको व्यापार राम्रै बढ्ने देखिन्छ जुन हेटौडा जस्तो सानो बाटो भयको शहरलाइ ट्राफिक ब्यबस्थापनको टाउको दुखाइको बिषय बन्ने देखिन्छ

१४.सरकारलाइ भने कर प्रकृयामा केही सजिलो हुने देखिन्छ । धेरै खुरा ब्यापारीले कर छली गरिरहेकोमा भाटभटेनिले पुर्ण कम्प्युटराइजड बिलिङ सिस्टम अपनायकोले कर छलिको सम्भावना देखिदैन र हेटौडाको कर सन्कलनमा वृद्धि हुने साधारण अनुमान गर्न सकिन्छ ।

१५.सम्बेदनशिल र सोच्नु पर्ने पाटो धेरै युवा युवतिको येहि भाटभटेनिमा खिचेको फोटो भिडियोको आधारमा सामाजिक सन्जालबाटै माया पिरती र घरजम हुनेछ र अर्को पाटो धेरै नेपालिले हेटौडामा पनि सुकिलो किनमेल अड्डा (भाटभटेनि) रहेछ भनेर तुरुन्तै थाहा पाउने छन । यो नजिकैको जिल्लाको युवा बर्गको डेटिङ स्पट बन्ने सम्भवना पनि उत्तिकै छ ।

भाटभटेनी आयपछी समग्रमा हेटौडा बजारका धेरै घरमा अवस्यकता(अरु नियमित समय ) भन्दा बढी खाध्यन्नको मौज्दात हुनु देखासिकिका कारण र आफुलाइ स्ट्यान्डर देखाउने होडमा घरमा आर्थिक असर देखिनु , युवामा अनावस्यक खर्चिलो बानिको बिकास, खाध्यन्न ब्यापारमा लागेका साना ठुला ब्यापारिको व्यापार (१०-४०%) खस्कनु,बजारमा मासिक करिब ६ करोड बराबरको आर्थिक तरलता देखिनु आदि बिषयहरु नकारात्मक प्रभाबका रुपमा बिस्तारै देखिन्छन भने ।
एकै ठाउमा घरका धेरै सामान पाइनु,स्थानियले रोजगारी पाउनु,बिकास निर्माणका काममा आर्थिक सहभागिता जनाउनु ,धेरैलाइ नजिकै घुम्ने ठाउको रुपमा प्रयोगमा आउनु,अटो मयुरिको राम्रो दैनिक आम्दानी हुनु लगायतका बिषयहरु अहिले तत्काल देखियका सकारात्मक पक्षहरु हुन ।