December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

एक साता बितिसक्दा पनि सालिक चोर पत्ता लगाउन सकेको छैन।

भीमफेदी

२०७८/०९/१२

मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको सालीक सोहि दिनको दोस्रो दिन भेटिएता पनि हाल सम्म अपराधी पत्ता लगाउन सकेको छैन।

भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक (प्रतिमा)अनावरण गर्ने कार्यक्रम रहेको थियो तर, राति नै साालिक चोरी भएको हो ।

करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर पर ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको हो ।

लोककवि श्रेष्ठले दुई थुंगाको फुल, मेरो पुष्पाञ्जली लगायतका नेवारी भाषामा गीत लेखेका थिए । भीमफेदी निवासी श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र प्रज्ञा प्रतिष्ठान दिएको थियो ।