
भीमफेदी
२०७८/०९/११
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित रहेको खहरे खोलामा दमार र सोलभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास भएको छ ।
गाउँ पालीका अध्यक्ष हिदम लामा को प्रमुख अतिथ्यमा आज विहानी एक कार्यक्रमको आयोजना गरि भीमफेदीमा खहरे खोलामा दमार र सोलभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको हो ।
कार्यक्रममा कार्यकारी प्रमुख भीम महर्जन,योजना शाखा अधिकृत बद्री सापकोटा, वडा नं ५ अध्यक्ष जहार सिं लामा लगायतका उपस्थित रहेको थियो।
करिब ५१ लाखको लागतमा निर्माण हुने झोलुङ्गे पुल निर्माण पश्चात सो समुदायमा जोभीमफेदीको दमार र सोलभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको शिलान्यास निर्माण पछि जोखिम मुक्त भइ सुविधा पुग्ने भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाले जनाएको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।