
नेपाल कम्यूनिष्ट पार्टी एमाले भीमफेदी गाउँ पालीका अध्यक्ष मा सानु थापा।
२०७८/०७/१३
भीमफेदी
नेपाल कम्यूनिष्ट पार्टी एमाले भीमफेदी गाउँ पालीका कमिटी को पहिलो अधिवेशन सम्पन्न भएको छ।
मकवानपुर जिल्लाको सबै स्थानिय निकायको अधिबेशन सम्पन्न भएको हो। नेपाल कम्यूनिष्ट पार्टी एमाले केन्द्रीय कमिटी सदस्य महेश बर्तौलाको प्रमुख अतिथि तथा भीमफेदी गाउँ पालीका पार्टी अध्यक्ष हिदम लामा को सभापति मा कार्यक्रम भएको हो।
कार्यक्रम मा नेपाल कम्यूनिष्ट पार्टी एमाले प्रदेश कमिटी पुर्व सल्लाहकार ठाकुर राम खड्का, जिल्ला कमिटी पुर्व सल्लाहकार द्रोण भद्र पुडासैनी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य पार्बती राना, बागमती प्रदेश मकवानपुर सम्पर्क मञ्च सचिव राजेन्द्र कठायत,लगायत जिल्ला कमिटी सदस्य हरूको उपस्थित रहेको थियो।
अधिबेशन बाट नेपाल कम्यूनिष्ट पार्टी एमाले भीमफेदी गाउँ पालीका अध्यक्ष मा सानु थापा मगर, उपाध्यक्ष मा शिबराज पुडासैनी, सचिव मा शिबराम रूम्बा र उप सचिव मा मङगला देबि श्रेष्ठ तथा काशी राम बज्यु सहित ५७ सदश्य सर्वसहमतिले चयन गरेको थीयो।
नव निर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि महेश बर्तौला ले सपथ ग्रहण गराउनुभएको भएको थियो।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।