
भीमफेदी
२०७८/०७/४
भीमफेदी गाउँ पालीका वडा नं ५ र ६ मा रेबिज युक्त असन्तुलित कुकुरको आक्रमण ले दैनिक आधा दर्जन ब्यक्ति हरु घाइते भएका छन्।
कार्तिक ३ गते सिमलटार,टारगांउमा पांच जनालाइ कुकुर ले टोकेर उपचारका लागि अस्पताल पुगेको तथा ४ गते भीमफेदी गाउँ पालीका वडा नं ५ छबेली,दमार तथा सुपिङ मा समेत कुकुर ले टोकेर उपचारका लागि अस्पताल पुगेको जनाइएको छ।

भीमफेदी गाउँ पालीका पशु कार्यालयले यस प्रकारको घटनालाइ गम्भीर ताका साथ लिन र नियन्त्रण मा ल्याउन पर्ने स्थानीय हरु ले गुनासो गर्दै छन्।
कुकुर आतंकका कारण साना बालबालिकालाई बिधालय पठाउन तथा बाह्य हिडडुल मा समेत कठिनाइ भएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।