
भीमफेदी
२०७८/०६/०१९
ईलाका प्रहरी कार्यालय भीमफेदी ले भीमफेदी गाउँ पालीका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको छ।
ईलाका प्रहरी कार्यालय भीमफेदी का प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ को सभाअध्यक्ष तथा गाउँ पालीका उपाध्यक्ष पार्बती राना को प्रमुख अतिथि मा कार्यक्रम भएको हो। कार्यक्रम मा वडा नं ५ का वडा अध्यक्ष जहार सिं लामा तथा वडानं ६ का वडा अध्यक्ष सिताराम थापा को बिशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक ले बार्षिक प्रतिवेदन पेश गरेका थिए।यसै गरी ट्राफिक प्रहरी सहायक ले यातायात संम्बन्धी संम्बोधन गरेका थिए।
कार्यक्रममा बजार ब्यापारि ,दलिय प्रतिनिधि, सर्बसाधारणले बिभिन्न बिषयहरुमा छलफल उठाएको छ। बिशेष जुवा तास नियन्त्रण, सवारी साधन पार्किङ, लागुऔषध, सामाजिक सुरक्षा, आर्थिक अनियमिता र सडक दुर्घट्ना बारे अन्तरक्रिया भएको थियो।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।