April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेपाली कांग्रेस भीमफेदीको निर्वाचन हुदै,भएन सहमती ।

भीमफेदी

२०७८/०६/०९

नेपाली काग्रेस भीमफेदीको गाउपालीका कार्यसमितिको निर्वाचन हुने पक्का पक्की भएको छ । आज बिहानै देखी गाउपालीका सभापतीमा सर्ब सम्मत गराउने प्रयासमा नेता द्दय उदयमोहन श्रेष्ठ र भीम बहादुर लामा ले पहलकदमी गरेता पनी प्रत्यक्ष उम्मेदवार संजिब श्रेष्ठ र नारायण आले थापा बिच सहमती हुन सकेको छैन्। कार्यसमीतीका अन्य पदाधिकारीको लगभग निर्णय भई सक्दा पनि सभापतीको पदमा समझदारी नहुंदा अन्य पदमा पनी प्रतिस्पर्धा हुने देखीएको छ ।

नेपालि कांग्रेसको बिधान पद्दती अनुसार बुथ कमिटिको प्रतीनिधि छनौट भई क्षेत्रीय कमिटि को प्रतीनीधि चयन साथ प्रक्रिया अगी बढने देखीएको छ । भीमफेदी खबर लाई आफ्नो प्रतीक्रिया दिदै नेता उदय मोहन श्रेष्ठले लोकतान्त्रीक प्रजातन्र प्रक्रियामा निर्वाचन हुनु राम्रो कुरो हो तर पनी सहमतीमा टुङ्ग्याउने पहल भइ रहेको बताएको छ ।