
भीमफेदी
२०७८/०६/०४
देशको पुरानो दोस्रो बिधालय २००४ साल मा स्थापना भएको भीम आधार पाठशाला हालको महेन्द्र माध्यमिक विद्यालय लाइ सामाजिक बिकास मन्त्रालय वागमती प्रदेश बाट प्राप्त बिधार्थी बस महेन्द्र माध्यमिक विद्यालय लाइ हस्तानतरण भएको छ।
भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामा को प्रमुख अतिथि तथा बिधालय ब्यबस्थापन समिति अध्यक्ष सनत घिसिङ को अध्यक्षता मा भएको कार्यक्रम बिच प्रमुख अतिथि लामाले बसको सांचो तथा कागजत प्रदान गरेको हो।
कार्यक्रममा गांउ पालीका कार्यकारी प्रमुख जिबन कुवंर, योजना शाखा अधिकृत बद्री सापकोटा, बिधालय निरक्षक कपिल मणी पौडेल , श्रोत व्यक्ति गोबिन्द चौलागाई, ५ नं वडा अध्यक्ष जहार सिं लामा,६ नं वडा अध्यक्ष सिताराम थापा,पुर्व बि ब्य स अध्यक्ष रेशम लामा, लगायत शिक्षक कर्मचारी उपस्थित रहेको थीयो। कार्यक्रम बिधालय प्रधान अध्यापक कुमार लामा ले सञ्चालन गरेको थीयो।

More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।