December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

असोज बाट पसल ब्यवशाय सुरक्षा अपनाएर सञ्चालन गर्न पाउने।समय सिमा हटायो।

OLYMPUS DIGITAL CAMERA

२९ भदौ,

भीमफेदी

मकवानपुरमा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै व्यवसाय २४ सै घण्टा संचालन गर्न पाइने जानकारी दिएको हो । यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने समयसिमा विहान  ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो। प्रशासनका अनुसार सिनेमाहल, दोहोरी साँझ पनि संचालन गर्न छुट दिइएको छ ।निषेधाज्ञा अवधी भने असोज १५ सम्म लम्बाइएको छ ।