
भीमफेदी
२०७८/०५/१९
नेपाल कम्यूनिष्ट पार्टी एमाले भीमफेदी गाउँ पालीका वडा नं ५ को वडा भेला का साथ वडा अधिबेशन सम्पन्न भएको छ।
नेपाल कम्यूनिष्ट पार्टी एमाले बागमती प्रदेश समिति सदस्य ठाकुर राम खड्का को प्रमुख अतिथि तथा शिवराज पुडासैनी को अध्यक्षता मा वडा भेला तथा अधिबेशन भएको हो।

अधिबेशनले नेपाल कम्यूनिष्ट पार्टी एमाले पांच न वडा कमिटी मा दिल प्रसाद पुडासैनी को अध्यक्षता मा तिस सदश्यिय कमिटी गठन गरिएको छ। उपाध्यक्ष मा गौरी स्याङ्तान, सचिव मा सुरेन्द्र बहादुर थापा,सह सचिव मा भोलाराम शिकारी चयन गरेको छ।
कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य पार्वती राना, जिल्ला कमिटी सदस्य जहार सिं लामा तथा नेकपा एमाले भीमफेदी गाउँ पालीका कमिटी सचिव सानु थापाको उपस्थित रहेको थियो।

यसै गरी आज नै भीमफेदी गाउँ पालीका वडा नं ८ मा नेकपा एमाले भीमफेदी गाउँ पालीका कमिटी अध्यक्ष हिदम लामा को प्रमुख अतिथि मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। हालै मात्र भीमफेदी गाउँ पालीका वडा नं ३ मा नेकपा एमाले वडा पार्टी कार्यालय स्थापना गरिएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।