April 18, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

मकवानपुरका शैक्षिक यही भदौ २० गतेबाट सञ्चालन हुने ।

भीमफेदी

२०७८/०५/१७

मकवानपुरका शैक्षिक यही भदौ २० गतेबाट सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले जिल्लाका बिद्यालय तथा क्याम्पसहरु यही भदौ २० गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको हो ।

मकवानपुरका दश वटै स्थानीय तहमा आउँदो आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेलले जानकारी दिनुभयो ।

जिल्लाका दश वटै स्थानीय तहले आफ्ना वडाहरुमा कोरोना संक्रमणको अवस्थालाई हेरेर खोल्न सक्ने छन् । कुनैपनि शैक्षिक संस्थाहरुले कोरोना संक्रमणका सबैखालका सुरक्षाका उपाय अपनाएर मात्र बिद्यालय खोल्न पाउने उहाँले वताउनुभयो । कोरोना संक्रमणका कारण बैशाख महिना देखि बिद्यार्थी बिद्यालय र क्याम्पसमा जान सकेका छैनन् । विद्यालयसँग सम्बन्ध रहेका विभिन्न संगठनले तयार पारिएको आचारसंहिताको प्रतिवेदन जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को बैठकमा प्रस्तुत गरिएपश्चात आइतबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो ।

स्थानीय तहले अनुमती दिएर यही भदौ २० गतेबाट बिद्यालय सञ्चालन गर्न सकिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले वताउनुभयो । शिक्षा विकास समन्वय इकाइ मकवानपुरका प्रमुख प्रेमराज खरेल नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनको आधारमा कोरोना कारण बन्द रहेको शैक्षिक संस्था खोल्न अनुमति दिइएको पाण्डेले बताउनुभयो ।

डिसिसीएमसीको बैठकले विद्यालय खोल्न मकवानपुरका दश वटै स्थानीय तहलाई आइतबारबाट अनुमती दिइएको छ,त्यहाँ रहेको शिक्षा समिति तथा स्थानीय तहले आफ्ना वडाहरुमा कोरोना संक्रमणको अवस्थालाई हेरेर अब शैक्षिक संस्था खोल्न सक्ने छ मकवानपुरका प्रजिअ भरतमणी पाण्डेले वताउनुभयो ।

बैठकले मकवानपुरमा रहेका स्थानीय तहमा रहेको शिक्षा समितिलाई विद्यालय सञ्चालन गर्ने नगर्ने सम्पूर्ण अधिकार दिएर आइतबारबाट विद्यालय खोल्ने निर्णय भएको हो । नगर/गाउँपालिकामा रहेका शिक्षा समितिले अब बैठक बसी आफ्नो स्थानीय तहको क्षेत्रमा विद्यालय खोल्ने छलफल गरी सञ्चालन गरिने प्रशासनले जनाएको छ । भीमफेदी का सा‌मुदायिक बिधालय पनि २० गते बाट सुचारु हुदै छ।

लामो समयदेखी विद्यार्थी इन्टरनेटको पहुँच भएको स्थानमा अनलाइनबाट अध्ययन गरिरहेका छन् भने पहुँच नभएका विद्यार्थीहरु पढ्नबाट बन्चित भइरहेको अवस्था रहेको थियो । शिक्षा समितिको निगरानीमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सुरु गरिने जनाइएको छ ।