March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

आज भीमफेदी भीमसेन जात्रा भीम रथ परिक्रमा, भीमफेदी गाउँ पालीका अध्यक्ष हिदम लामा बाट पुजा प्रदान।


भीमफेदी
२०७८/०५/१५

आज कृष्ण पक्ष नवमी तिथि भीमफेदी को ऐतिहासिक भीमसेन जात्रा बिहान ४ बजे देखी भक्तजनको मन्दिर मा पुजामा घुईचो लागेको छ।
भीमसेन मन्दिर ब्यबस्थापन समिति ले दिउँसो १२ बजे अरबिन्द श्रेष्ठ को नेतृत्वमा कृष्ण रथ परिक्रमा तथा सांझ ४ बजे ईश्वर मान श्रेष्ठ को नेतृत्वमा भीमसेन रथ परिक्रमा गर्ने र सांझ ७ बजे रथ बिश्राम गर्ने कार्यक्रम तय गरेको छ।
रथ परिक्रमा क्रममा आउने भक्तजनले सुरक्षा का साथ अनिवार्य मास्क लगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।यसै गरी बजार ब्यवशाय निर्धारित समयमा बन्द गर्न अनुरोध गरेको छ।