
२०७८/०५/१५
भीमफेदी
मिति २०७८ भाद्र १५ गते बिहान भीमसेन मन्दीरमा पुजाआजा चलाईएको छ। यसै गरी फोहराधारा क्रिश्न मन्दीर बाट अरबिन्द श्रेष्ठको अगुवाइमा १६ सदश्य सहित दिउसो १२ बजे क्रिश्न रथ परीक्रमा सम्पन्न भएको छ।
आजै दिउसो ४ बजे भीमसेन मन्दीर संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको अगुवाईमा १६ सदश्य सहित भीमसेन मन्दीर बाट ज्यासलटोल हुदै पारीबजार , चोक बजार, टारगाउ , छबेलि , नयउ सडक,सिमलटार बाट भिमसेन मन्दीर रथ परीक्रमा गराई जात्रा सम्पन्न भएको छ ।
जात्रामा अन्य कुनै मनोरञ्जन कार्यक्रम गरीएको छैन्।जात्राको सम्पुर्ण ब्यबस्थापन भीमसेन मन्दीर संरक्षण तथा ब्यबस्थापन समिति ले शान्तिपूर्ण जात्रा सम्पन्न भएको बताएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।