
भीमफेदी
२०७८भाद्र १३
ऐतिहासिक भीमफेदी संग नामाकरण जोडीएको परम्परागत भीमसेन जात्रा कोरोनाको स्वास्थ्य मापडण्ड लाई ध्यानमा राखी परम्परागत संस्क्रती जगेर्णाको लागी सामान्य तवरले पुजाआजा सहित रथ परीक्रमा गरेर संचालन गर्ने आजको सामुदायीक छलफल बाट निर्णय भएको छ।
भीमसेन मन्दीर संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको सभा अध्यक्षतामा भएको स्थनिय भेला बाट उक्त निर्णय गरेको हो। जात्रा लाई सामान्य बाताबरणमा दिउसोको समयमा सन्चालन गरीने र सामाजीक दुरी र पुर्ण सुरक्षा अपनाएर गर्ने कार्यक्रम तय गरेको छ।
कार्यक्रम अनुसार मिति २०७८ भाद्र १४ गते ज्योती पुस्तकालयको संयोजकत्वमा क्रिश्न अष्टमी पर्ब मा सांझकालीन भजन आयोजना गरीने छ।
यसै गरी भीमसेन मन्दीर संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको घर बाट भीमसेन मन्दीर सम्म भीमसेन मुकुट बिशेष पुजा सहित मन्दीर प्रबेश गराईने छ।
मिति २०७८ भाद्र १५ गते बिहान भीमसेन मन्दीरमा पुजाआजा चलाईने छ। यसै गरी फोहराधारा क्रिश्न मन्दीर बाट अरबिन्द श्रेष्ठको अगुवाइमा १६ सदश्य सहित दिउसो १२ बजे क्रिश्न रथ परीक्रमा गराईने छ।
सोहि दिन दिउसो ४ बजे भीमसेन मन्दीर संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठको अगुवाईमा १६ सदश्य सहित भीमसेन मन्दीर बाट ज्यासलटोल हुदै पारीबजार , चोक बजार, टारगाउ , छबेलि , नयउ सडक,सिमलटार बाट भिमसेन मन्दीर रथ परीक्रमा गराईने छ ।
जात्रामा अन्य कुनै मनोरञ्जन कार्यक्रम गरीने छैन्।जात्राको सम्पुर्ण ब्यबस्थापन भीमसेन मन्दीर संरक्षण तथा ब्यबस्थापन समिति ले तय गरीने छ।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।