
भीमफेदी
२०७८ /०५/१३
भीमफेदीको नामाकरणको ईतिहाससँग गाँसिएको यो मन्दिर पहिले चिसापानी गढी मुनि फेदी, पारी वजारमा थियो । वि.स. २०११ सालको वाढीले वगाई अलि तल ल्याई पुरिएको अवस्थामा फेला परे पछि मुर्तिलाई खनेर निकाल्न खोज्दा जति गहिरो खन्यो उति नै तल जाने भै निकाल्न नसकी त्यही खनिएको गहिराई वरीपरि सिंढी र पर्खाल वनाई मुर्ति भएको ठाउँमा मन्दिर वनाई राखिएको छ र पछि वारी चल्तीमा आएको वजारमा नयाँ मन्दिर बनाई मुर्तिको प्रतिस्थापना गरिएको छ र हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलि पल्ट भीमसेन रथयात्रा र पूजा अचर्ना गरी भोज खाने चलन रही आएको छ ।

यस बर्ष यही भाद्र १६ गते भीमसेन जात्रा तिथि परेको छ।यसै गरी १४ गते क्रिश्न अष्टमी,१५ गते क्रिश्न जात्रा र १६ गते बीमसेन जात्रा रहेको छ। यस बर्ष जात्रा कसरी सञ्चालन हुन्छ कस्तो बिधि हुन्छ भन्ने बारेमा अन्यौलता छाएको छ।२०७४ स्थानिय निर्वाचन अगाडी तत्कालीन भीमफेदि गाउ बिकास समितिले वडास्तरमा भेलागरी जात्रा सञ्चालन गरीन्थ्यो भने स्थनिय निर्बाचन पश्चात भिमसेन मन्दीर ब्यबस्थापन तथा संञ्चालन समितिले जात्रा परीचालन गर्ने गरेको छ।
यस बर्ष मिति नजीकिदा पनी भिमसेन मन्दीर ब्यबस्थापन तथा संञ्चालन समिति तथा स्थानिय निकाएले कुनै सरोकार राखेको छैन्।भीमफेदी बासीको भने दैनिक जसो राजनैतिक दल तथा स्थानिय निकाएले आफ्ना कार्यक्रम सयौको भिडभाडमा सञ्चालन गरी आएको छ ,कोरोनाको बहानामा जात्रा प्रभाबित गर्नु हुन्न यसलाई सहज तरीका बाट परिचालित हुनु पर्ने धारणा राख्दै आएको छ।

भीमफेदि गाउपालीका ६ नं वडाले जात्रा सञ्चालनको लागी बजेट बिनियोजन गरेको तर भिमसेन मन्दीर ब्यबस्थापन तथा संञ्चालन समितिले कुनै योजना पेश नगरेको भनिएको छ।यसरी परम्परागत भीमसेन जात्रा ओझेलमा पार्न नहुने तथा स्थानिय बाटै जात्रा सञ्चालनमा अगुवाइ गर्न युवा लाग्नु पर्ने समेत बताएको छ।
More Stories
महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा चेतकुमारी पुडासैनी।
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।