
भीमफेदी
२०७८/०५/०३
भीमफेदी गाउँ पालीका बजार क्षेत्रमा रहेका युवा कलाकार निर्मल लमाको नेतृत्वमा मा रहेको ” भीमफेदी गायज” नामक ब्यानरले युवा लगायतका सम्पुर्ण को मन जितेर सामजिक सञ्जाल यु ट्युबमा पांचसय हजार सस्क्राइबर समेटन सफल भएको छ।
यस समुहले दिल तामाङ को “आजकालका ठिटिको कुरा बुझ्नै नसक्ने” कभर सङ्गको पहिलो भिडियो अभीनय संग आरम्भ गरेको यात्रा डेढ दशक बित्दा पनि युवा माझ अझै लोकप्रिय रहेको छ।
स्थानीय कलाकारहरुको समुह आठ जना मिलेर सुरु गरेको ” भीमफेदी गायज” मा हाल भने चार जना मात्र सिमित रहेको छ। विभिन्न उतार चढाब संगै नेपलका थुप्रै नृत्य समुह संगको प्रतिस्पर्धामा रहेर यो समुहले आफ्नो प्रस्तुती पेश गरिरहेको छ।
यसै समुहका सदश्य चार जना भने अर्को समुह हाल “भाइन भीमफेदी” नामक समुह खोलेर केन्द्रीय राजधानी काठमाडौं मा संघर्ष गर्दै आएको छ।
” भीमफेदी गायज”ले सयौ कभर सङ्गको प्रस्तुत लगायत थुप्रै चलचित्रमा नृत्य निर्देशन तथा अभिनय गरेका छन्।
” भीमफेदी गायज” का युट्युवमा अर्को रोचक प्रस्तुती”ह्वाट्स अप” पनि सधैझै ट्रेण्डिङ मा रहेको छ।
More Stories
ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बिरोध खतिवडा
बढि लिईएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराई सवारी चालकलाई जरिबाना।
भीमफेदी हात्तीसार संग्रहालय जिप लाईन सहितको पार्क बिस्तार कार्य किन शिथिल।