
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८/०४/३२
मकवानपुरको भीमफेदी गाउँपालिका आफ्नै भवनमा सर्ने भएको छ । स्थानीय तह घोषणासंगै घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएकोमा आफ्नै भवनमा सर्ने भएको हो ।

गाउँपालिका भवनको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बाट उद्घाटन सम्पन्न भएको छ । ४२ कोठे भवनको करिब ७ करोडमा ठेक्का आव्हान भएकोमा ४ करोड १२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
संघीयता कार्यानवयनका क्रममा स्थानीय तह घोषणा भएको पाँच वर्षपछि पालिकाले आफ्नै कार्यालय निर्माण सकेर सर्न लागेको हो । वि.संं. २०७४ सालमा स्थानीय तहमा जनप्रतिनीधि निर्वाचन पश्चात भवन निर्माण कार्य प्रारम्भ भएको हो । उद्घाटन सम्पन्न तत्कालै पालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

भवन निर्माणका लागि सम्झौताअनुसार समयमा नै आर. एण्ड सि. जेभीले कम्पनीले निर्माण सम्पन्न गरेको हो । यसअघि भाडाको घरको एउटै कोठामा दुई भन्दा बढि शाखा राखेर सेवा प्रवाह गरिरहेको भिमफेदीले अब सहज रुपमा सेवा प्रवाह गर्ने जनाइएको छ ।
नौ वटा वडा रहेको भिमफेदीको वडा नम्बर ३ र ५ बाहेक अन्य वडा कार्यालय आफ्नै रहेको छ । यि दुई वडा कार्यालय भने भाडामा संचालनमा रहेको पालिकाले जनाएको छ । वडा नम्बर ५ को कार्यालय निर्माणका लागि जग्गा समेत दान प्राप्त भैसकेको छ ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।