
भीमफेदी
२०७८ श्रावण १९
मकवानपुर जिल्ला भीमफेदी गाउपालीका वडानं ६ अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र मा गत २०७८ श्रावण ११ गते राती बिजुली सर्ट भएर भीषण आगलागी भयो । जस बाट लाखौ रुपैया पर्ने रेफ्रिजेरेटर दुई थान र तौल मेशीन साथै उचाई मापन मेशिन जलेर नष्ट भएको छ ।
यसरी प्राथमीक स्वास्थ्य केन्द्रमा बिुजुली खराबि आई रहनु नौलो कुरा हैन। यस अगाडी पनी तेस्तै बिजुली सर्ट भएर महिनौ बिजुली जडान गर्न नसक्दा ई सि जि तथा अक्सिजन कन्सिट्रेटर चलाउन नपाउदा दुइ जनाको ज्यान गएको घटना छदै छ ।

प्राथमीक स्वास्थ्य केन्द्रमा बिजुलिको खराबिले आगलागी भए पछी तेहाको अबस्था अहिले हेरदा नि थाहा हुन्छ की त्यो बेला सामान्य मात्र अबस्था रहेन होला । स्वास्थ्य केन्द्रमा एक जना डाक्टर,एक जना पारामेडिक्स र एकजना अ न मी साथै एक जना कार्यालय सहाएक सहित रात्री कालीन सेवा मा रहन्छ । तर आगलागी बारे सबै अनबिग्य थिए । बिहानि थाहा पाउदा लाखौको सम्पती नष्ट भइसकेको थीयो ।
प्राप्त जानकारी अनुसार रेफ्रीजेरेटर जडान गरेको स्विचको प्लग लुज कनेक्सन थियो । सो प्लग बेला बखत झिर झिर भइ रहने र स्पार्क आगो निस्की रहने भइ रहेको थीयो ।तर समयमा तेस्लाइ मर्मत गर्ने प्रशासनले गर्यो न ब्यबस्थापन समितिले चासो राख्यो ।आखिर जल्यो र स्वास्थ्य केन्द्रको औ पि डि कक्ष धुवामय भयो र कालो खणडहर जस्तो देखियो ।
अहिले पनी प्राथमीक स्वास्थ्य केन्द्रको ल्याब,मे. अ. निबास,स्टाफ नर्स निबास लगायत शिशु जन्म कक्ष तथा कर्मचारी कक्षमा स्विचको प्लग लुज कनेक्सन रहेको छ। यसलाई समयमा ध्यान दिएन भने फेरीपनी ठुलो दुर्घटना निम्तिने छ ।

More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।