
२०७८ श्रावण १५
मकवानपुर जिल्ला भीमफेदी गाउपालीका वडानं ६ का अनाथ बाल आश्रम मा रहेका बत्तिस बालबालीका मध्य बाईस बाल बालीका लाई कोरोना संक्रमण पुष्टि भएको छ।
बाल आश्रममा रहेका केहि बालबालीका लाई सामान्य ज्वरो तथा रुघा खोकी लागेकोले परिक्षण गर्दा कोरोना संक्रमण भेटिए पछी थप सबैमा परिक्षण गरेको हो । बालबालिका लगायत बाल आश्रमका कर्मचारी मा समेत कोरोना एण्टिजेन परिक्षण गर्दा बालआश्रमका स्याहार सुसारे दुई आमा हरुमा समेत कोरोना पोजेटिभ संक्रमण देखेको हो ।
गत दुई दिन अगाडी मात्र भीमफेदी कारागारमा नौ सय सतहत्तर बन्दीमा गरीएको एण्टिजेन कोरोना परिक्षणमा तिन सय पचपन्न बन्दीमा कोरोना संक्रमण देखीइको थीयो ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।