
भीमफेदी
२०७८/४/११
भीमफेदी गाउँपालिका अन्तर्गतका यस अघिका खोप अभियानमा छुटेका ५५ बर्ष माथिका नागरिक¸ शिक्षक तथा कर्मचारी¸ कोभिड-१९ विरुद्धको खोप लगाएको हुनुपर्ने अनिवार्य गरेको बिदेशमा जाने नेपाली नागरिकहरु¸ सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरुलाई भेरोसेलल खोप (पहिलो मात्रा) तथा ५० बर्षदेखि ५४ बर्ष उमेर समुहका नागरिकहरुलाई ज्यानसेन खोप (एक मात्रा) तपसिलको मिति¸समय र स्थानमा लगाईने भएको हुँदा आफूलाई पायक पर्ने खोप केन्द्रमा गइ खोप लगाउनु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
खोप लगाउन जाँदा स्पष्ट रुपमा उमेर तथा परिचय खुल्ने परिचय पत्र (नागरिकता¸ लाईसेन्स¸लालपुर्जा वा जेष्ठनागरिक परिचय-पत्र¸कर्मचारी परिचय-पत्र) लिएर जानु हुन पनि अनुरोध गरिन्छ ।
लक्षित समूह (भेरोसेल खोप पहिलो मात्राको लागि)
• यस अभियान भन्दा अगाडी कोभिड -१९ विरुद्धको कुनै पनि खोप नलगाएका ५५ बर्ष वा सो भन्दा माथिका सबै नागरिकहरु
• सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु (यस अघि छुटेका)
• विश्वविद्यालयर विद्यालयका शिक्षक तथा कर्मचारीहरु (यस अघि छुटेका)
• अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्तिहरु (यस अघि छुटेका)
• कोभिड-१९ विरुद्धको खोप लगाएको हुनुपर्ने अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकहरु (यस अघि छुटेका) लक्षित समूह (ज्यानसेन खोप एक मात्राको लागि)
• ५० बर्ष देखि ५४ वर्षका एक मात्रा पनि नलगाएका व्यक्तिहरु
• पूर्ण र अति अशक्त (वर्ग क र ख) अपाँगता भएकाहरु
• हाल नेपालमा बसोबास गरिरहेका १८ बर्ष माथिका शरणार्थीहरु
• पहिले छुट भएका स्वास्थ्य संस्थामा कर्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।